कञ्चनपुर निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका नेता एनपी साउद निर्वाचित भएका छन । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रहेका साउदले एमालेका उम्मेदवार नर बहादुर धामीलाई ८ हजार चार सय ५५ मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।
गठबन्धनका तर्फबाट पुर्वमन्त्री एव केन्द्रीय सदस्य साउदले २८ हजार एक सय, धामीले २१ हजार ६ सय ४५ मत ल्याएका छन । सोही निर्वाचन क्षेत्रमा कांग्रेसका एनपी साउद र नर बहादुर धामी तीन पटक निरन्तर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
०७० मा साउदले धामीलाई, ०७४मा धामीले साउद र अहिले साउले धामीलाई पराजित गर्दै प्रतिनिधी सभा सदस्य भएका छन