मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ७ बुधबार ०८:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रममन्त्री कुँवर अछाम १ बाट फराकिलो मतान्तरले विजयी 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार ०८:३९:००

अछाम १ बाट श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा ४,४८९ मत बढी ल्याएर उनी विजयी भएका हुन् । 

नेकपा (एकिकृत समाजवादी) का नेतासमेत रहेका कुँवरले १९,५३४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झपट बोहराले १५,०४५ मत पाएका छन् । कुँवर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् । सो क्षेत्रबाट एमाले नेता भीम रावलले निर्वाचन जित्दै आएका थिए । तर, एमाले अध्यक्ष केपी ओलीले रावललाई टिकट नदिदा कुँवरले  सहज जित निकालेका हुन् । 

पार्टीले आफुलाई चुनावी प्रचारमा जान समेत चासो नदिएको भन्दै रावल यो पटक प्रचार अवधिभर काठमाडौंमै बसेका थिए । जिल्ला र प्रदेश कमिटीबाट एकल निर्णय गर्दा पनि केन्द्रीय कमिटीले रावललाई उम्मेदवार नबनाएर माओवादीबाट आएका बोहरालाई टिकट दिएको भन्दै कार्यकर्ता तहसम्म पनि व्यापक असन्तुस्टि रहेकै कारण एमालेले हार व्यवहोर्नु परेको विष्लेषण छ । 

मन्त्री कुँवरले २०३८ सालमा नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।  २०४९ सालमा मालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेर पार्टीगत राजनीतिमा आएका थिए । त्यसपछि लामो समय नेकपा एमालेमा रहेका उनी तीन पटक पार्टीको अछाम जिल्ला अध्यक्ष बने । एमाले विभाजनपछि अहिले उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा सूदुरपश्चिम उपाध्यक्ष छन् । 

अछाम १ मा यो पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस महासमिति सदस्य राजन कुँवरले ४,३९२ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माले १७१, अन्य स्वतन्त्र उम्मेदवारहरु महेन्द्रबहादुर बोगटीले १७१ र हिक्मत कुँवर १०२ मतका साथ पराजित भएका छन् ।