मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ मङ्सिर ७ बुधबार ०७:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी    

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार ०७:५०:००

सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । उनी ३४ हजार छ सय २५ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरे  ।

थानीले एमालेका जिल्ला अध्यक्षसमेत रहेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरे । थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्न सफल भएका छन्।