सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारले अग्रता कायम गरेका छन्।
जारी मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रका साहले ४ हजार ४ सय ६१ मत सहित अग्रता कायम गरेका हुन्। साहलाई नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीले ३ हजार ३ सय ५७ मत सहित पच्छ्याईरहेका छन्।
साहले सुरुवातमा झिनो मत अन्तरको अग्रता बनाएका थिए। सोमबार राती केहीबेर एमालेका उप्रेतीले अग्रता बनाएको भएपनि फेरि साहले अग्रता कायम गरेका छन्।
यस्तै यस क्षेत्रको प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार गणेश प्रसाद प्रसाईले अग्रता बनाएका छन्। प्रसाईले ३ हजार ५ सय ३२ मतसहित अग्रता बनाएका छन् भने, स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाह ३ हजार १ सय ३४ मत सहित प्रसाईलाई पच्छ्याईरहेका छन्।
यस्तै १ हजार ३ सय ५६ मत सहित नेकपा समाजवादीका डिल्ली प्रसाद उप्रेती तेस्रो स्थानमा छन्। यस्तै प्रेदश सभा (ख) मा जनता समाजवादी पार्टीका संजय यादवले अग्रता बनाएका छन्। निर्वातमान प्रदेश सभा सदस्य समेत रहेका यादव ३ हजार २ सय २१ मत सहित पहिलो स्थानमा छन्।
यादवलाई नेपाली कांग्रेसका उम्मेदवार हरेश महतोले २ हजार ६ सय ८७ मत सहित पच्छ्याईरहेका छन्। भने, ८ सय ५५ मत सहित सिके राउत नेतृत्व पार्टीका उम्मेदवार तेस्रो स्थानमा छन्।