१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीबीच झिनो मतले हारेँ : रवीन्द्र मिश्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३७:oo

राप्रकाका उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीबीच झिनो अन्तरले हारेको बताएका छन्। 

निर्वाचित भएका कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना दिँदै उनले मतदातामा आभारी प्रकट गरेको छन्। साथै उनले यो हारले आफ्नो समाज र देश रुपान्तरणको यात्रा नरोकिने बरु पहिलेभन्दा झन् बढी दृढ भएर लाग्ने बताएका छन्। 

उनले मंगलबार बिहान एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन।’  

उनले आफूले स्थापित गरेको परोपकारी संस्था हेल्प नेपाल नेटवर्कमार्फत आफ्नो निर्वाचन क्षेत्रका वडा १०, ११, २९ र ३१ मा परोपकारी काम गर्ने बताएका छन्। उनले राम्रा कामका लागि विश्वका विभिन्न मुलुकमा बस्ने, काठमाडौं १ र अन्य शुभेच्छुकलाई सहयोग गर्न अपिल समेत गरेका छन्। 

उनले सो कोष कसरी सञ्चालन गर्ने र  के कस्ता काममा केन्द्रित गर्ने भन्नेबारे केही समयभित्र जानकारी गराउने बताएका छन्। 

ad
ad