मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार १०:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतगणना नसकिँदै गगन थापाको जित सुनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार १०:१०:००

कांग्रेस महानमन्त्री गगनकुमार थापाले काठमाडौं-४ मा जित सुनिश्चित गरेका छन् । ४ हजार ८८१ मतगणना बाँकी छँदै थापाले निकटतम् प्रतिस्पर्धी एमालेका राजन भट्टराईसँग ५ हजार ९९१  मतले अग्रता कायम गरेर जित सुनिश्चित गरेका हुन् ।

थापाले १९ हजार १४ मत पाउँदा भट्टराईको मत १३ हजार २३ रहेको छ । गगनले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि भट्टराईलाई हराएका थिए । यहाँ ४५९१० मत खसेको थियाे भने ४१०५७  मत मतगणना भइसकेकाे छ । 

अब यस क्षेत्रको वडा नं ३० को मत गणना हुन बाँकी छ  । जहाँ ४८८१ मतदाता रहेका छन् ।