१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर ६ मंगलबार o६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मुस्ताङमा तीन युवाले रचे इतिहास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार o६:१२:oo

हिमालपारिको जिल्ला मुस्ताङमा तीन निवर्तमान सांसदलाई पराजित गर्दै ४० वर्षमुनिका तीन युवा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा विजयी भएका छन् । संघतर्फ २९ वर्षीय योगेश गौचन थकाली र प्रदेश सभातर्फ ३४ वर्षीय नम्डु गुरुङ तथा ३९ वर्षीय विकल शेरचनले चुनाव जितेका छन् ।

तीनैजना कांग्रेसबाट उम्मेदवार थिए । प्रतिनिधिसभा सदस्यमा विजयी योगेशले निवर्तमान सांसद एमालेका ६१ वर्षीय प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पराजित गरे । योगेशले ३९ सय ९२ र तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै मुस्ताङ (१)बाट निर्वाचित नम्डुले निवर्तमान प्रदेश सांसद एमालेका इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गरे । गुरुङले एक हजार ४८ र विष्टले ७९३ मत प्राप्त गरे । मुस्ताङ (२)बाट विजयी विकलले एमालेका निवर्तमान प्रदेश सांसद चन्द्रमोहन गौचनलाई १५८ मतले पराजित गरे । विकलले २७ सय २३ र गौचनले २५ सय ६५ मत पाए ।

ad
ad
ad
ad