मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ मङ्सिर ५ सोमबार १o:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कास्की २ : स्वतन्त्रका कँडेलको अग्रता    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १o:२o:oo

कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेकी विद्या भट्टराईले एक सय २२ मत प्राप्त गरेकी छिन् भने गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले एक सय १० मत प्राप्त गरेका छन् भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गरेका छन्  ।    

निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ । त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजेदेखि सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताए ।