कञ्चनपुरमा पुर्वमन्त्रीद्वय विना मगर र एनपी साउदले मतदान गरेका छन्। बिहान १० बजे भन्दा अवागै पूर्वमन्त्रीद्वय मगर र साउदले मतदान गरेका हुन्।
पूर्वमन्त्रीद्वय मगर र साउदले आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरेका छन्। पूर्वखानेपानीमन्त्री विना मगर गठबन्धनका तर्फबाट क्षेत्र १ र पूर्वसिँचाइमन्त्री साउद प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
पूर्वमन्त्री विनाले पुनर्वास नगरपालिका ३ रामबस्तीस्थित गोरखा माध्यामिक विद्यालय र पूर्वमन्त्री साउदले शुक्लाफाँटा नगरपालिका ६ कसरौल स्थित बैजनाथ माध्यामिक विद्यालयमा मतदान गरेका छन्।