मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ३ शनिबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ३ शनिबार २o:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पत्रिका जोडेर भ्रम फैलाउनेविरुद्ध कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ३ शनिबार २o:३६:oo

नयाँ पत्रिका दैनिकलाई जोडेर सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका प्रतिष्ठान शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिष्ठान शाखाका अध्यक्ष भवानीश्वर गौतमले एक विज्ञप्ति जारी गर्दै फोटोसपको माध्यमबाट नयाँ पत्रिकाको नाम जोडेर गलत प्रचार गर्नेहरूको तत्काल खोजी गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘मिथ्या सूचनामा नयाँ पत्रिकाको मास्टहेड र नयाँ पत्रिकाका सहकर्मीको नाम जोडेर शनिबार सामाजिक सञ्जालमा भ्रम फैलाइएको थियो। प्रविधिको दुरुपयोग गरी सञ्चारमाध्यममा सम्प्रेषण नभएको सामग्री सार्सकोड परिवर्तन गरेर भ्रम फैलाउने उद्देश्यले स्क्रिनसट गरेर दुष्प्रचार गरिएको सामग्रीमा नयाँ पत्रिका सहकर्मी कमलराज भट्टको बाइलाइनको दुरुपयोग गरिएको छ। यस विषयमा दोषीलाई कारबाहीको माग गरी सहकर्मी कमलराज भट्टबाट निर्वाचन आयोगमा, नेपालमा उजुरी परेको छ। दुष्प्रचार र र चरित्रहत्यामा संलग्नलाई कारबाहीका लागि जतिसक्दो छिटो कदम चाल्न आयोग र अन्य सम्बन्धित निकायसमक्ष प्रतिष्ठान शाखा जोडदार माग गर्दछ।’

शनिबार नयाँ पत्रिकाको अनलाइनको मास्टहेड दुरुपयोग गरी ‘माओवादीलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक – प्रचण्ड’ शीर्षकमा सामग्री तयारी पारी विभिन्न सामाजिक सञ्जालमा राखिएका थिए। नयाँ पत्रिकामा त्यस्तो कुनै पनि समाचार प्रकाशित भएको छैन।