मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७९ मङ्सिर २ शुक्रबार o६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्धारित समयभन्दा छिटो बन्यो सडक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार o६:o७:oo

सडक डिभिजन कार्यालय बाग्लुङले एउटा सडक परियोजना सम्झौता अवधि नसकिँदै सम्पन्न भएको बताएको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघि नै सम्पन्न भएको बताएको छ । मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा ६ महिनाअगाडि सम्पन्न भएको हो । 

चालू आर्थिक वर्ष सडक स्तरोन्नति गर्ने मुस्ताङ खण्डको करिब ६ किमि सडक ६ महिनामै सम्पन्न भएको हो । गत चैत २७ गते सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो । सडक निर्माण सम्पन्न गर्ने मिति ०८० को असोज ३० सम्म थियो । तर, जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको हो । चार करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्यांकनसमेत भइसकेको डिभिजन सडक कार्यालय बाग्लुङका प्रमुख बलिराज मल्लले बताए । 

सडकमा एक लाख ८७ हजार घनमिटर माटो खन्ने, तीन हजार पाँच सय घनमिटर ग्याबिन पर्खाल लगाउने तथा खाल्डाखुल्डी सम्याएर ग्राभेल बिछ्याउने समेतको काम थियो । ठेकेदारका प्रतिनिधि जीवन रोकायले चिसो मौसममा काम गर्न नसकिने भएकाले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको बताए ।

डिभिजनले मुस्ताङ जिल्ला पनि हेर्छ । यो करिडोरको मनाङदेखिकै खण्ड हेरिरहेको मल्लले जानकारी गराए । पाँच वर्षदेखि निर्माण सुरु भएको यो सडकखण्डमा ११ मिटर चौडा पार्ने काम पनि भएको छ । यो सडकका अधिकांश खण्ड चार हजार मिटरभन्दा माथि पर्ने र मंसिर लागेपछि यहाँ हिमपात हुन्छ । रासस