मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Wednesday, 18 December, 2024
२o७९ कार्तिक ३० बुधबार २o:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवैध रूपमा भारतबाट भित्र्याइएका नमुना मतपत्र बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार २o:o५:oo

भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणमा नमुना मतपत्र बरामद गरिएको छ। भारतसँग सीमा जोडिएको पर्साको जानकी टोला नाकाबाट भित्र्याउँदै गरेका १५ हजार थान नमुना मतपत्रसहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको थियो। तर, सोधपुछ तथा अनुसन्धान जारी रहने गरी अभिभावकको जिम्मा लगाई उनलाई छोडिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। 

भारत बिहारबाट बिआर २२ डब्लू ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमुना मतपत्र बोकेर जानकी टोला नाका हुँदै मंगलबार साँझ छिरेका अहमदलाई जानकी टोला नाकामा खटिएको प्रहरीले पक्राउ गरेको थियो । तर, अनुसन्धान जारी राख्ने सर्तमा छोड्ने आदेश आएकाले छोडिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।

नेपालमा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको नमुना मतपत्र गैरकानुनी रूपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेकाले नमुना मतपत्रको गलत प्रयोग हुन नदिने उद्देश्यले प्रहरीकै संरक्षणमा राखिएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए। उनले भने, 'कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यसबारे केही खुल्न सकेको छैन, अनुसन्धान जारी छ।'