१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Friday, 09 May, 2025
२o७९ कार्तिक ३० बुधबार ११:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार ११:२५:oo

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटना र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार चालू आर्थिक वर्ष ०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिंगे गैँडा मरेका छन् । एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि) कारणबाट र एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ ।    

त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिए ।

त्यस्तै, एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायोको पनि मृत्यु भएको छ । एउटा बँदेलको पनि मृत्यु भएको छ । निकुञ्जमा सबैभन्दा धेरै चित्तलको संख्या रहेको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।