१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Saturday, 28 September, 2024
२o७९ कार्तिक ३० बुधबार १o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदानको कुरा सिकाउन जाँदा घरभित्र लुक्छन् मतदाता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार १o:४४:oo

पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १५ का महिला स्वास्थ्य स्वयंसेविका टनकुमारी थापा चौधरीले मंगलबार साँझसम्ममा मतदाताको घरघरमा गएर कसरी उम्मेदवारलाई भोट हाल्ने भनेर आफ्नो वडाभित्रका मतदातालाई सिकाएर सकिन् ।

आफ्ना वडाभित्र रहेका मतदाताको घरघरमा गएर, खेतबारीमा गएर मत हाल्ने तरिका सिकाइन् । अहिले जति उम्मेदवार छन् मतपत्रमा त्यति मात्र उम्मेदवारको मत चिह्न रहेको र चारवटा फरकफरक मतपत्र रहेका कारण बदर मत प्रतिशत घट्नेमा ढुक्क देखिन्छन् उनी । तर, उनी मतदाता शिक्षा कार्यक्रम लिएर मतदाताको घरघर गएर भोट हाल्ने तरिका सिकाउँदा कतिपय मतदाताले शंका गरेको अनुभव सुनाइन् ।

टनकुमारीले भनिन्, ‘कतिपय ठाउँमा मतदातालाई भोट हाल्न सिकाउँन जाँदा उहाँहरू घरभित्र लुक्न जानुभयो । पछि बुझ्दा जाँदा थाहा भयो– भोट माग्न आएको होला भनेर लुकेका रहेछन्।’ स्वास्थ्य स्वयंसेविका चौधरी यसअघि उक्त गाउँमा बालबालिकालाई खोप कार्यक्रम लिएर गएको र सोही क्रममा भेटिएकी एक महिलाले चिनेपछि मात्र आफूले उक्त गाउँमा मतदाता शिक्षाबारे बुझाउन पाएको उनले बताइन् ।

 त्यस्तै कावासोती नगरपालिका– १७ नम्बर वडाका महिला स्वास्थ्य स्वयंसेविका धनकुमारी थनेतको अनुभव पनि त्यस्तै छ । मतदाता शिक्षा कार्यक्रम लिएर गाउँगाउँ गए कतिपय मतदाताह मत हाल्न जाँदैनौँ किन सिक्नुपर्‍यो ?  भनेर तर्किने गरेको बताइन् । दुईवटा प्रतिनिधिसभा सदस्य र चारवटा प्रदेश सभा सदस्यको निर्वाचन रहेको पूर्वी नवलपरासीमा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । नवलपुरमा ६ पदका लागि दल र स्वतन्त्रका गरी ६८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालले नवलपुरका मतदाता शिक्षा कार्यक्रममा नमुना मतदान कार्यक्रम सकिएको बताए । भुसालका अनुसार नवलपुरमा बिहीबारसम्ममा सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसक्नेछन् ।