मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Saturday, 12 July, 2025
२o७९ कार्तिक २९ मंगलबार २o:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीमा एक सातामै दुई मन्त्री बर्खास्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार २o:२४:oo

आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन्। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार मन्त्री खड्कालाई बर्खास्त गरेका हुन्। 

०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट गण्डकी प्रदेश सभा सदस्य भएका कास्कीका खड्का २९ जेठ ०७८ मा गण्डकी प्रदेशमा पोखरेल नेतृत्वमा नयाँ सरकार गठनसँगै सोही दिन विना विभागीय, १३ असार ०७८ मा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री र ८ साउन ०७८ मा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबारै नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषदमा जिम्मेवारीसमेत हेरफेर गरेका छन्। खड्काले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्रीले राखेका छन्। खड्काको बखास्तीसँगै मन्त्रिपरिषद् १० सदस्यीय भएको छ।

कास्की क्षेत्र नम्बर २ ‘ख’ मा पर्ने पोखरा १६ घर भएका खड्काले नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा २ ‘ख’ बाट उम्मेदवार बनेका बिन्दुकुमार थापाविरुद्ध लागेपछि मुख्यमन्त्रीले बर्खास्त गरेका हुन्। 

गण्डकीका मुख्यमन्त्रीले खड्कासँगै एक साताको अन्तरालमा दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। यसअघि २२ कात्तिकमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आर्चायलाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए। तत्कालीन नयाँ शक्ति पार्टीबाट गोर्खा २ ‘ख’ बाट प्रत्यक्षतर्फ निर्वाचित आचार्य गठबन्धन नेतृत्वको सरकारमा रहेर गठबन्धनका उम्मेदवार प्रचण्डविरुद्ध लागेको आरोपमा मुख्यमन्त्रीले बर्खास्त गरेका थिए।