मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १४ बुधबार १o:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेटलाइफको क्यासलेस उपचार दाबी किस्टमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १o:१o:oo

मेटलाइफ नेपालले किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग नगदरहित उपचार सेवाका लागि साझेदारी गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यले साझेदारी गरेको छ ।

जसमा कर्मचारी लाभ बिमा योजनाअन्तर्गतका योग्य ग्राहकले अस्पतालमा भर्ना हुँदा नगदरहित (क्यासलेस) उपचार सेवा लिन सक्नेछन् । यस सेवाले उपचारका लागि सुरुमै गर्नुपर्ने भुक्तानी घटाउनुका साथै दाबी प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।

किस्टसँगको सहकार्यले मेटलाइफका कर्मचारी तथा ग्राहकले लाभ बिमा योजनाका नियम तथा सर्तअनुसार नगदरहित उपचार सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकलाई उपचार र स्वास्थ्यलाभमा ध्यानकेन्द्रित गर्न सहज बनाउँदै उपचारसँग जोडिएका प्रशासनिक तथा आर्थिक झन्झटलाई कम गर्न सहयोग गर्ने बताइएको छ ।

↑