भृकुटीमण्डपमा ‘अचम्मैको महाएक्सचेन्ज’ मेला सुरु भएको छ । टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सोमबारदेखि सुरु गरेको मेला १८ कात्तिकसम्म चल्नेछ । मेलामा दुई आकर्षक उत्पादन टिभिएस एनटरक्यु–१५० र अपाचे आरटिआर–२०० सार्वजनिक गरिएको छ ।
कम्पनीका अनुसार अपाचे आरटिआर दसैँ–तिहारको अवसरमा चार लाख ५९ हजार नौ सय रुपैयाँमा उपलब्ध गराइनेछ । यसमा प्रोजेक्टर हेडल्याम्पसँगै अपसाइड–डाउन फ्रन्ट फोर्क जडान गरिएकाले लुक तथा पर्फमेन्स राइडरका लागि थप भरपर्दो ह्यान्डलिङ प्रदान गर्ने कम्पनीको दाबी छ । यो म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ ।
एक्सचेन्ज मेलाका अवसरमा एनटरक्यु–१५० लाई कम्पनीकी निर्देशक दीपा अग्रवाल, अनुभव बाली तथा टिभिए मोटर कम्पनी इन्डियाका ब्रान्ड म्यानेजर प्रसाद सुन्दरमले संयुक्त रूपमा सार्वजनिक गरे । यसको मूल्य तीन लाख ६९ हजार नौ सय तोकिएको छ ।
कम्पनीका अनुसार मेलाले ग्राहकलाई पुरानो सवारीसाधन एक्सचेन्ज गरी विभिन्न विशेष सुविधासहित अपग्रेड सुविधा दिनेछ । जसमा शतप्रतिशत क्यासब्याक वा १० लाखसम्मको नगद छुट जित्ने अवसर पनि रहेको छ । त्यसैगरी, उच्च एक्सचेन्ज मूल्यांकन, हरेक दिन दुई भाग्यशाली ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिस, छिटो फाइनान्स सुविधा पनि मेलाबाट लिन सकिने बताइएको छ ।