दुईपांग्रे सवारीसाधन निर्माता कम्पनी बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ ।
दसैँदेखि छठसम्म लागू हुने यो योजना ग्राहकलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको हो ।
अभियानअन्तर्गत बजाज चेतकका जुनसुनै मोडेल खरिद गर्दा ग्राहकले एक लाखसम्म क्यासब्याक प्राप्त गर्नेछन् । त्यस्तै, शून्य प्रतिशत ब्याजदरसमा किस्ताबन्दी सुविधा, पाँच वर्षको वारेन्टी, पाँच वर्ष किस्ताबन्दी भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज पनि पाइने कम्पनीले जानकारी दिएको छ ।