दाङ क्षेत्र नम्बर ३ बाट लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी १५औँ महाधिवेशनका लागि सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन्। थारू कोटाबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका यादव चौधरी र केशव चौधरीले उम्मेदवारी फिर्ता लिएपछि डिल्लीबहादुर निर्विरोध चयन भएका हुन्।
चौधरी यसअघि कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्थे। पछिल्लो समय भने उनी गगन थापा नेतृत्वको पार्टी संरचनामा निरन्तर रहेका छन्।
हाल कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता रहेका चौधरीको पार्टी राजनीतिमा सर्वसम्मत चयन हुँदै आएको इतिहास छ। १४औँ महाधिवेशनसहित विगतका आन्तरिक प्रतिस्पर्धामा समेत उनले चुनावी प्रतिस्पर्धा गर्नुपरेको छैन। उनी हरेकपटक सर्वसम्मत रूपमा चयन हुँदै आएका छन्।