ताप्लेजुङको मिक्वाखोला– ४ साँवामा निर्माणाधीन एक जलविद्युत् आयोजनामा कार्यरत एकजना मजदुरको ढंगाले लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पालुङखोला जलविद्युत् आयोजनामा कर्यरत मजदुरको मंगलबार मृत्यु भएको हो।
मृत्यु हुनेमा मिक्वाखोला– ४, साँवाको तेम्बानिवासी २३ वर्षका मन्दीप लिम्बू रहेको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिए। प्रनाउ बजगाईंले आयोजनाको ड्रिलिङको काम गर्ने क्रममा माथिबाट खसेको ढंगाले लागेर उनकाे मृत्यु भएको हो ।
ढुंगाले लागेर गम्भीर घाइते भएका मजदुर लिम्बूलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल पुर्याएपछि लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक लिम्बूको शव अहिले जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घटनाका विषयमा जलविद्युत् अयोजनाका प्रतिनिधिसँग छलफल भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।