मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
मोहन विष्ट कञ्चनपुर
२o८३ असोज १४ बुधबार o९:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोधाराचाँदनीको झोलुंगे पुल बिचभागबाट चुँडियो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार o९:५१:oo

कञ्चनपुरको दोधाराचाँदनी झोलुंगे पुल बिचभागबाट चुँडिएको छ । महाकाली नदीमा निर्माण भएको झोलुंगे पुल बिचभागबाट चुँडिएको हो । 

जिल्लाको भीमदत्त नगरपालिका- १३, पिपरैयादेखि दोधाराचाँदनी- ४, दोधारा जोड्ने झोलुंगे पुलको बिचभागबाट चुँडिएर नदीमा लत्रिएको छ । महाकाली नदीमा  पिलर धसिएपछि पुल चुँडिएको स्थानीयले बताएका छन् । स्थानीय सन्तुराम लुहारले पुल चुँडिएको बताए । उनले समयसमयमा मर्मत नगर्दा पुल यसरी बिचभागबाट चुँडिएको हुन सक्ने बताउँदै भने, ‘२५ वर्षअघि निर्माण भएको पुल निरन्तर मर्मतसम्भार गर्नुपर्नेमा नभएकाले चुँडिएको हुन सक्छ ।’

अढाई दशकअघि निर्माण भएको उक्त पुल बिचभागबाट अनौठो तरिकाले चुँडिएपछि आउजाउ बन्द भएको छ । ०५८ सालमा निर्माण भएको एक हजार मिटरभन्दा लामाे उक्त झोलुंगे पुल एसियाकै दोस्रो लामो पुलको रूपमा परिचित छ ।

महाकाली नदीपािको नेपाल भनेर चिनिने दोधाराचाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि देशकै भूगोलसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ पुल निर्माण गरिएको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चुँडिएको पुल छिट्टै मर्मत गरिने बताए । उनले चुँडिएको पुलका फोटो, भिडियो आफूले झोलुंगे पुल मर्मत शाखालाई पठाएको र आज वा भोलिसम्म प्राविधिक आएर मर्मत गरिने बताए ।

नदीको बिचभागबाट पुल चुँडिएपछि आवतजावतसमेत ठप्प भएको छ । उक्त पुलदेखि उत्तर नजिकै महाकालीमा चारलेनको पुल निर्माण भएकाले नागरिकलाई आवतजावतमा भने ठुलो संकट परेको छैन । 

↑