मतदान केन्द्रमा खटिने प्रहरी र म्यादीले खाजा खर्च पाउने

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकाे मतदान केन्द्रमा खटिने प्रहरी र म्यादी प्रहरीले चार दिन खाजा खर्च पाउने भएका छन् । दैनिक तीन सय रुपैयाँका दरले उनीहरूलाई खाजा खर्च दिन अर्थ मन्त्रालयले बजेट उपलब्ध गराएको छ । स्थानीय तहको निर्वाचनमा खाजा खर्च दिइएको थिएन ।

निर्वाचनमा खटिने प्रहरीले एक जिल्लाबाट अर्काे जिल्लामा खटिँदा १३ दिनको भत्ता पाउँछन् भने जिल्लाभित्र खटिनेलाई सात दिनको भत्ता दिने निर्णय भएको छ । त्यस्तै, तयारी अवस्थामा रहने प्रहरीलाई तीन दिनको भत्ता दिने निर्णय भएको छ ।

सुझावित समाचार