कांग्रेसकाे घोषणापत्र सार्वजनिक

शनिबार, १२ कार्तिक, २०७९
डिजिटल संस्करण

कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति रहेको थियो।  

महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो। 'संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार' नारासहित संकल्पपत्र सार्वजनिक गरिएको छ।

घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई 'निरन्तरतामा नवीनता' नाम दिएको बताए। उनले भने,  'नेपाली समाजको विविधतालाई हामीले समेटेका छौँ। हामीले सम्मुन्नतिको सन्दर्भमा मान्छेलाई केन्द्रमा राखेका छौँ। नेपालको सम्मुन्नतिको सन्दर्भमा पाँचवर्षे खाका र त्यसलाई निरन्तरता दिने विषयलाई समेटेका छौँ।'

सार्वजनिक पदमा बसेका व्यक्तिलेले सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने बाध्यकारी कानुन बनाउने विषय घोषणापत्रमा समेटिएको शर्माले बताए। फोहोरको दीर्घकालीन समाधान, संसद्लाई पाँच वर्ष पूरा कार्यकाल कायम राख्नेलगायतका विषय घोषणापत्रमा उल्लेख गरिएकाे छ।

सुझावित समाचार