भोजपुर प्रदेश सभा (क) बाट ‘बागी’ उठेका कांग्रेस नेता उत्तम चापागाईंले आफ्नो उम्मेदवारी निष्किय पारेका छन्।
उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी निष्किय पारेर गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको बताएका हुन्। प्रदेश १ का मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई गठबन्धनका साझा उम्मेदवार हुन्।
नेता चापागाईंले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीको सिपाहीका हैसियतले मैले निर्णयविपरीत अघि बढ्न उचित देखिनँ। मैले प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएको थिएँ। तर, पार्टीको निर्णयविपरीत जान उपयुक्त देखिएन। त्यसकारण पार्टीको निर्देशनअनुसार भोजपुर जिल्लामा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्किय पारेको छु।’
