सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गरुङको उम्मेदवारी खारेज गरेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उनको उम्मेदवारी खारेज गर्ने आदेश दिएको हो।
गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले उम्मेदवारी तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।

