झाँक्रीविरुद्ध उम्मेदवारी दिएका कांग्रेस नेता डा. भुसाल भन्छन्, ‘गठबन्धनले पार्टी संरचना ध्वस्त बनायो’

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेता डाक्टर दामोदर भुसालले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेकी  झाँक्रीविरुद्ध कांग्रेस नेता भुसालले उम्मेदवारी दिएका हुन् । 

भुसालले सुरुबाटै गठबन्धनको विरोध गर्दै कांग्रेसको तर्फबाट टिकट दाबी गर्दै आएका थिए । गठबन्धनले पार्टी संरचना ध्वस्त बनाएकाले देशको लोकतान्त्रिक विधि र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको भुसालले बताए। 

कांग्रेस जनताको बीचमा लोकप्रिय हुँदाहुँदै पनि पार्टीले विभिन्न स्वार्थका कारण गलत प्रवृत्ति बोक्न थालेकाले त्यसलाई निषेध गर्न गठबन्धनको विरुद्धमा उम्मेदवारी दिएको उनकाे भनाइ छ । भुसाल लुम्बिनी प्रदेश योजना आयोगका सदस्यसमेत भएका थिए। 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट नरेन्द्रबहादुर अर्यालले पनि गठबन्धनविरुद्ध उम्मेदवारी दिएका छन् । गठबन्धनको तर्फबाट माओवादीका बुद्धि जिसीले उम्मेदवारी दिएका छन् । 

See More On

सुझावित समाचार