मौसममा आंशिक सुधार

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा झरी रोकिएपछि मौसममा सुधार भएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाडौंसहित आसपासका क्षेत्रमा शनिबार बिहानदेखि घाम लागेको हो । दिउँसो घाम लागे पनि साँझ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको, तर पश्चिममा पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अझै वर्षाको सम्भावना छ । उनका अनुसार काठमाडौंमा अब पहिलेजस्तो खासै पानी पर्नेछैन । 

See More On

सुझावित समाचार