पहिरो पन्छाएपछि त्रिभुवन राजपथ सञ्चालन

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

त्रिभुवन राजपथअन्तर्गत हेटौँडा-काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–२ को बाह्रघुम्तीमा आज बिहान खसेको सुक्खा पहिरोले यातायात अवरुद्ध भएकामा सडक डिभिजनको डोजरले पहिरो पन्छाएपछि आजै साँझ ५ बजेदेखि यातायात सञ्चालन भएको छ ।
 
बाह्रघुम्तीमा बिहान पहिरो खसेपछि प्रहरीले काठमाडौंबाट आएका सवारीसाधनलाई सिमभञ्ज्याङमा रोकिएको र हेटौँडाबाट आएको सवारीसाधनलाई भैँसेमा रोकिएका थिए । पहिरो पन्छाएपछि प्रहरीले सवारीसाधनलाई गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

सुझावित समाचार