उम्मेदवारले खर्च गर्न पाउने रकम बढ्यो (हेर्नुस् कसको कति ?)

बुधबार, १२ असोज, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले प्रतिनिधिसभा प्रदेश सभा सदस्य उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा निर्धारण गरेको छ । ०७४ को निर्वाचनभन्दा बढी गर्न पाउने गरी आयोगले मंगलबार दलका प्रतिनिधिसँग छलफल गरी खर्चको सिलिङ तोकेको हो ।

प्रतिनिधिको प्रत्यक्षतर्फका एक सय ६५ सिटलाई पाँचवटा समूहमा विभाजन गरेर न्युनतम २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्चको सीमा निर्धारण गरिएको छ । त्यसैगरी प्रदेश सभाका तीन सय ३० सिटलाई पनि पाँच समूहमा बाँडी न्युनतम १५ देखि अधिकतम २३ लाखसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको छ ।

बैठकमा सहभागीता लोसपा नेता केशव झाकाअनुसार प्रतिनिधिसभातर्फ समूह (क) को पाँचवटा क्षेत्रमा २५ लाख सीमा तोकिएको छ । यी सबै क्षेत्र काठमाडौं (१, २, ६, ७, ८) का हुन् । त्यस्तै, समूह (ख) मा परेका २३ वटा क्षेत्रका उम्मेदवारले २७ लाख खर्च गर्न पाउनेछन् । 

समूह (ग) का ६६ वटा क्षेत्रमा उम्मेदवारको खर्च सीमा २९ लाख निर्धारण गरिएको छ । समूह (घ) मा परेका ४४ वटा क्षेत्रमा ३१ लाखका दरले उम्मेदवारले खर्च गननर्् पाउनेछन् । समूह (ङ)का २७ वटा क्षेत्रमा ३३ लाखका दरले खर्च पाउने गरी निर्धारण गरिएको छ ।

त्यस्तै, प्रदेश भसाका तीन सय ३० सिटलाई पनि पाँच समूह (न्युनतम १५ लाखदेखि अधिकतम २३ लाखसम्म) मा विभाजन गरिएको आयोजनाका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनका अनुसार ५५ वटा क्षेत्रमा उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । 

एक सय ५२ वटा क्षेत्रमा १७ लाख, ६४ वटा क्षेत्रमा १९ लाख, ३१ वटा क्षेत्रमा २१ लाख, २८ वटा क्षेत्रमा २३ लाख रुपैयाँ सीमा निर्धारण गरिएको पौडेलले बताए । उनका अनुसार मतदाताको संख्या, भूगोलको क्षेत्रफल र मतदानस्थलको संख्याका आधारमा खर्चको सीमा निर्धारण गरिएको हो । 

आयोगले ०७४ को निर्वाचनमा प्रतिनिधिसभामा २५ लाख र प्रदेश सभामा १५ लाखका दरले उम्मेदवारको खर्च सीमा तोकेको थियो । तर, यसपालि क्षेत्रअनुसार फरक तोकिएको हो । 

समानुपातिकतर्फ भने आयोगले ०७४ कै सीमालाई निरन्तरता दिएको छ । ०७४ मा दलहरुले प्रतिनिधिसभा र प्रदेश सभाको प्रतिउम्मेदवार दुई लाखका दरले खर्च गर्न पाउने व्यवस्था थियो । 

लोसपा नेता झाले अडिटरबाट अडिट गराएर उम्मेदवारले निर्वाचन खर्च बुझाउने भएको र अब लेखापालमार्फत उम्मेदवारले खर्च गराउनुपर्ने अवस्था आएको बताए । निर्वाचन खर्च समयमै नबुझाउने उम्मेदवारलाई तोकिएको अधिकतम सीमाजत्तिकै जरिवाना हुने व्यवस्था आयोगले गरेको उनले बताए । ‘यसपालि आयोगले एकदमै कडा गरेको छ । खर्च गर्न उम्मेदवारले एकाउन्टेन्ट राख्नुपर्छ,’ उनले भने । 
उम्मेदवारले खर्च गर्न पाउने रकम बढ्यो (हेर्नुस् कसको कति ?)
केशव
काठमाडौं

सुझावित समाचार