आचारसंहिताबारे आयोगले थाल्यो छलफल

आइतबार, ९ असोज, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरूसँग छलफल थालेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आचारसंहिता निर्माण गर्न आयोगले दलहरूसँग छलफल सुरु गरेको हो । 

निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भर्खरै सुरु भएको छलफलमा आयोगका प्रमुखसहितका आयुक्तहरू, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमालेबाट सुवास नेम्वाङ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, माओवादीबाट लीलामणि पोखरेललगायत सहभागी छन् । 

निर्वाचनमा सहभागी हुने दलहरूसँगको सामूहिक छलफलपछि आयोगले आचारसंहिचा तयार पारी जारी गर्नेछ ।
 

सुझावित समाचार