नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।
गत भदौ २१ मा जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।
इजलासले नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो। यस्तै, पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो।
अदालतले रिल लाइफको ‘क्रेज’ दुरुपयोग गर्न नहुने ठहर गरेकाे छ। साथै नायकले पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि पनि नायकीपन प्रस्तुत गर्नुपर्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।
फैसलाकाे पूर्णपाठ