एमालेले टुंग्यायो समानुपातिक उम्मेदवार

निर्वाचन आयोगमा भोलि बन्दसूची बुझाउने

आइतबार, २ असोज, २०७९
डिजिटल संस्करण
एमालेले टुंग्यायो समानुपातिक उम्मेदवार

तस्बिर : नयाँ पत्रिका अर्काइभ

एमालेले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाएको छ। केहीबेरअघि सकिएको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ११० र प्रदेश सभाका लागि २२० उम्मेदवारको नाम टुंगो लगाएको हो । 

प्रस्तावित नाम भोलि निर्वाचन आयोगमा बुझाउने एमालेको तयारी छ। निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलिको समय दिएको छ। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बन्दसूची भोलि आयोगमा बुझाइने जानकारी दिए। 

कुन क्लस्टरमा कति?
उपमहासचिव गुरुङका अनुसार सबै क्लस्टरको प्रतिनिधित्व सुनिश्चित हुने गरी सूची तयार पारिएको छ। प्रस्तावित सूचीमा प्रतिनिधिसभातर्फ ३४ खसआर्य, ३२ जनजाति, १७ मधेसी, १५ दलित, ७ थारू र ५ मुस्लिम उम्मेदवार तय गरिएको छ। एमालेले प्रतिनिधिसभातर्फका कुल ११० समानुपातिकमध्ये ५७ जना महिला उम्मेदवार प्रस्ताव गरेको छ। 
प्रदेश सभातर्फ समानुपातिकका २२० मध्ये प्रदेश १ का लागि ३७, मधेस प्रदेशका लागि ४३, बागमतीका लागि ४४, गण्डकीका लागि २४, लुम्बिनीका लागि ३५, कर्णालीका लागि १६ र सुदूरपश्चिमका लागि २१ जनाको नाम प्रस्ताव गरिएको छ । 
 

सुझावित समाचार