नियन्त्रित लोकतन्त्र स्वीकार्य छैन : शरतसिंह भण्डारी

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण
नियन्त्रित लोकतन्त्र स्वीकार्य छैन : शरतसिंह भण्डारी

तस्बिर : संजित परियार/नयाँ पत्रिका


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए। वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबिच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको उनको भनाइ थियो।

भण्डारीले वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

‘वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउँदै मुलुकलाई पूर्ण समावेशिताको बाटोमा अघि बढाउने जसपा नेपालको अभियानमा नेपाली कांग्रेसको बलियो साथ र समर्थनको अपेक्षा गर्दछु,’ उनले भने।

लोकतन्त्रलाई कुनै पनि रूपमा संकुचित गर्न नहुने बताउँदै उनले भने, ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन। नेपाली जनताले लोकतन्त्रको कुनै पनि संकुचन स्वीकार गर्नेछैनन्,’ भण्डारीले भने।

सुझावित समाचार