महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेसले राजनीतिको केन्द्रमा राष्ट्र र जनतालाई राखेर नयाँ चरणमा प्रवेश गर्ने बताए।

‘कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ। नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौँ,’ उनले भने। मुलुकलाई सुस्पष्ट दिशा दिन महाधिवेशनबाट नयाँ नीति र कार्यक्रम ल्याएर कांग्रेसले बदलिँदो परिस्थितिअनुसार पार्टीलाई नयाँ ढंगले अघि बढाउने महामन्त्री घिमिरेले भनाइ छ।

‘बिपी कोइरालाको सपना सार्थक बनाउनु छ। देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन, राष्ट्रको प्रतिष्ठा बढाउन कांग्रेस चाहन्छ,’ उनले भने।

सुझावित समाचार