दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण
दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

फाइल तस्बिर

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छिन्।

शुक्रबार मन्त्रालयअन्तर्गत बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेको उल्लेख गर्दै दसैँअघि नै अनिवार्य रूपमा किसानको हातमा रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।

उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि २०८३, स्वीकृत भइसकेको छ। आर्थिक वर्ष ०८३/८४ मा भएको एक अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान निकासा भएको बताइएको छ।

सुझावित समाचार