काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगन थापाले देश बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन्।
विगतमा कपाल फुलेर आफूलाई युवा भन्ने नेताले देश बिगारेको भन्दै उनले आज कपाल पूरै कालो भएकाले पनि देश बनाउने छनक नदेखाएका टिप्पणी गरे।
‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे। अहिले कैला जुँगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भने, ‘अब आधाआधी कपाल फुलेको, गगनजी तपाईंको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको नेताले पक्कै देश बनाउँछन् भन्ने विश्वास छ।’