जेनी ली : एक आह्वानमा करोड डलर पुँजी जुटाउने भेन्चर क्यापिटलिस्ट

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

सन् २०२० मा कोभिड महामारीले अधिकांश विश्व ठप्प थियो । त्यहीवेला चर्चित भेन्चर क्यापिटलिस्ट जेनी ली सिंगापुरस्थित घरमै बसेर आफ्नो फर्म जिजिभी क्यापिटलद्वारा लन्च हुने चार नयाँ फन्डका लागि पुँजी जुटाउने काममा लागिन् । चार महिना त उनी मुस्किलले सुतिन् । यहीबीचमा दुई सय ५० भन्दा बढी जुम कल गरिन्, जसमार्फत २.५ बिलियन डलर जुट्यो । यो प्रोसेसका लागि सामान्यतया ६ महिना लाग्छ । र, विश्वका धेरैजसो लगानीकर्ताले यसरी नै लगानी जुटाउँछन् । ली र उनको टिमले जुटाएको पुँजी जिजिभीको २२ वर्षे इतिहासमा अहिलेसम्मकै सर्वाधिक हो । जसकारण फर्मको सम्पत्ति व्यवस्थापनअन्तर्गत २७ प्रतिशतले बढेर सार्वकालिक ९ अर्ब २० करोड डलर पुग्यो । जिजिभीको सम्पूर्ण पुँजी जुटाएकामा ली गर्व गर्छिन् । उनले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘यदि एउटा कलबाट १ करोड डलर डलर पुँजी जुटाउन सक्छु भने म दैनिक यस्तो काम गर्छु ।’

यही कारणले ली विगत ११ वर्षदेखि फोर्ब्सको विश्वका शीर्ष १०० भेन्चर क्यापिटलिस्टमा सूचीकृत छिन् । पहिलो वर्ष सन् २०१२ देखि नै उनलाई मिदास लिस्टमा सूचित गरिएको थियो । 

लीले आफ्नो प्रतिष्ठालाई सम्मानित भिसी लगानीकर्ताका रूपमा देश र समग्र विश्वमै बलियो बनाइन् भन्ने कुरा यो वर्षको सूचीले बताउँछ । अन्य १२ महिलामध्ये छनोटमा पर्ने ली पनि एक हुन् । साथै, ११ वर्ष पहिले चारमा छानिने उनी एक मात्र पात्र हुन् । विशेष गरी पुरुष हावी भएको क्षेत्रमा फोर्ब्सको ‘वर्ल्डस मस्ट पावरफुल वुमन’मा तीनपटक सूचीकृत भइन् भने फोर्ब्स एसियाको ‘पावर बिजनेस वुमन–२०१९ मा पनि उनको सफलताले स्थान पायो । अहिले उनी जिजिभीमा उच्च व्यक्तिहरूद्वारा घेरिएकी हुन्छिन् । कम्पनी सञ्चालन गर्ने ग्लोबल म्यानेजिङ पार्टनर जिसुङ फुसहित ६ पार्टनरमध्ये उनी पनि एक हुन् । यस्तै, म्यानेजिङ पार्टनरका रूपमा अर्का हाई–प्रोफाइल सिंगापुरियन हंस तुङले पनि एसियामा लगानी गर्न खोज्दै छन् । ताइवान मूलका अमेरिकन तुङ पनि मिदास लिस्टमा १० पटकसम्म सूचीकृत भइसकेका छन् । यस्तै, टिमका अन्य व्यक्तिहरूले अमेरिकन लगानीकर्ता, क्षेत्रगत ज्ञान र उद्यमशीलतालगायतका क्षेत्रमा अनुभव भएका विशेषज्ञहरू ल्याउँछन् । फर्मको दाबी छ, २०२० मा कम्पनीको स्थापना भएपछि औसतमा वार्षिक २५ प्रतिशत फन्ड डेलिभर भएको छ । 

ली विगत ११ वर्षदेखि फोर्ब्सको शीर्ष १०० भेन्चर क्यापिटलिस्टको सूचीमा सूचीकृत छिन् । फोर्ब्सले सन् २०१२ देखि नै उनलाई मिदास लिस्टमा सूचित गरेको थियो ।

जिजिभीअन्तर्गत एसिया र अमेरिकामा रहेका तीन सय ५४ कम्पनीहरूको पोर्टफोलियो सन्तुलित छ । तर, चीन भने ७७ कम्पनीसहित शीर्ष स्थानमा छ । अमेरिकाको मात्र अत्यधिक (एक सय ३०) कम्पनीमा लगानी छ । सांघाईको आधारशिलाबाट ली र फुले नेतृत्व लिएका थिए वा भनौँ दुवै लगानीको शृंखलामा जोडिएका थिए । पहिलेको कम मूल्यांकन, जुन पछि गएर चीनको महत्वपूर्ण प्रविधि क्षेत्र, जस्तै– विद्युतीय सवारीसाधन निर्माता सिपेङ मोटर्स र मोबाइल फोन निर्माता साओमी, बन्यो ।

२०१३ मा लीको फ्ल्यागसिप लगानी किंग्स सफ्ट डब्लुपिएसमा थियो । चाइनिज सफ्टवेयर निर्माता उक्त कम्पनीले जिजिभीका लागि ५५ गुणा प्रतिफल दियो । ली त्यतिवेला चीन पुग्दा पिसी बेस्ड टेक मोबाइल बेस्ड टेक इकोसिस्टममा रूपान्तरण हुँदै थियो । नयाँ लगानी खोज्न ली र उनको चाइनिज टिमले फोन फुटाउँथ्यो र प्राविधिकको आलोचनात्मक चेत पत्ता लगाउँथ्यो । अनि मात्रै उनीहरूमा लगानी गर्न राजी हुन्थ्यो । यसैमध्येको एक हो, चीन बेस्ड एएसी टेक्नोलोजिज । यो कम्पनी एप्पलको अडियो सेन्सर सप्लाई गर्ने मुख्य सप्लायर्स हो । ‘परिणामतः हामी कम्पनीहरूमा लगानी गर्न सक्षम भयौँ,’ ली भन्छिन् ।

यति मात्रै होइन, उनले विश्वको कठिन र भेन्चर क्यापिटलका लागि प्रतिबद्ध बजार सञ्चालन गर्ने चुनौतीको पनि सामना गर्नुपर्यो । सिंगापुरमा मन्दारिनको अध्ययन गरेकी उनले चीन आउनासाथ भाषाको संघर्ष गर्नुपर्यो । यति मात्रै होइन, उनले प्रतिनिधित्व गरेको फर्मको देशमा कुनै इतिहास त थिएन नै, उनको व्यक्तिगत सम्पर्कसूत्र पनि थिएन । सन् २०२० को एउटा अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘हामीले सिक्नु थियो– चीनमा व्यापारिक योजना सञ्चालन गर्न र प्राविधिक कुरा बुझ्न झनै सिक्नु थियो ।’

लीले चिनियाँ भाषासँग संघर्ष गरिन् । त्यतिवेला उनले भेटेका उद्यमीहरूले उनलाई चाइनिज भाषा बोल्न सिकाए भने लीले अंग्रेजीमा उनीहरूलाई सहयोग गरिन् । यसरी उनले अगाडिको बाटो पहिल्याइन् । लीले भोगेको अर्को समस्या हो, चिनियाँ बिजनेस कल्चर । 

सन् २००५ देखि दक्षिण एसियामा लगानी गरिरहेका ली र फुले सन् २०१९ मा तीव्र रूपमा बढिरहेको डिजिटल इकोनोमीलाई आकर्षित गर्न सिंगापुरमा जिजिभीको अफिस खोल्ने निश्चय गरे, जुन उनीहरूका लागि दुर्भाग्य साबित भयो

त्यसमाथि त्यहाँको कारोबार क्यासमा हुन्थ्यो । क्रेडिट कार्ड, ई–पेमेन्ट सर्वसुलभ हुन बाँकी नै थियो । त्यस बखत उनले आफ्ना स्टाफहरूलाई तलब खुवाउन सुटकेसमा पैसा बोकेर हिँड्नुपर्थ्यो । त्यसले उनलाई जिजिभीमा जान सहयोग पुर्यायो ।‘जिजिभीलाई कसैले चिन्दैनथ्यो,’ उद्यमशीलताका ती कठिन दिन सम्झँदै उनले बताइन् । 

सन् २००५ को सुरुवातताका चाइनिज फर्म हाइसफ्ट (अहिले प्याक्टेरा) थियो । आइटी सेक्टरमा आएको अर्को भारतीय फर्म इन्फोसिसले त्यसलाई उछिन्यो । त्यसपछि कम्पनीलाई थप उचाइ दिन लीले सिंगापुरियन अनुभवी व्यक्ति तियाक कुन लोलाई सिइओ नियुक्त गरिन् । 

लोले त्यसअघि चीनमा ह्युलेट प्याकार्डको आउटसोर्सिङ बिजनेस व्यवस्थापन गर्थे । उनी आएपछि जिजिभीले लगानीको तीन गुणा बढी प्रतिफल दिन सफल भयो । लीको लगाव र कठिन परिश्रमको उदाहरण हो, हाइसफ्ट । 

सन् २००५ देखि दक्षिण एसियामा लगानी गरिरहेका ली र फुले २०१९ मा तीव्र बढिरहेको डिजिटल इकोनोमीलाई आकर्षित गर्न सिंगापुरमा जिजिभीको अफिस खोल्ने निश्चय गरे । तर, यो उनीहरूका लागि दुर्भाग्य साबित भयो । अफिस खोलेको एक महिनामै कोभिड महामारी आयो । त्यसपछिका वर्षमा उनको पहिलो प्राथमिकता ऐतिहासिक पुँजी जुटाउने थियो, जुन पुँजी सन् २०१८ देखि जिजिभीले जुटाएको थिएन । त्यहीँ उनले १ अर्ब ८ करोड डलर जुटाएकी थिइन् । 

लीको मन्दारिन भाषा र नेटवर्क अझै पनि फैलिन बाँकी थियो । यति हुँदाहुँदै पनि उनले चाइनाका लागि उच्च बिजनेस र प्राविधिक क्षेत्र भिœयाइन् । सिंगापुरमा हुर्केपछि उनी ब्याचलर्स डिग्री गर्न अमेरिका उडिन् । अमेरिकाको कर्नेल युनिभर्सिटीबाट सन् १९९५ मा इलेक्ट्रिक इन्जिनियरिङमा मास्टर्स डिग्री गरिन् । सोही वर्ष उनले एयरक्राफ्ट इन्जिनियरका रूपमा सिंगापुरको एसटी एरोस्पेसमा काम गरिन् । 

उदीयमान नक्षत्रका रूपमा सरकारी सुरक्षा बलले चार वर्षपछि नर्थवेस्टर्न युनिभर्सिटीको केलोग स्कुल अफ म्यानेजमेन्ट अध्ययन गर्न पठायो । त्यहाँ उनले एमबिए अध्ययन गरिन् । तर, उनको इच्छा भने भेन्चर क्यापिटलिस्ट बन्ने थियो । आफूभित्र अन्तर्निहित प्यासन पूरा गर्न सोही वर्ष उनले जागिरसमेत छोडिन् । 

–फोर्ब्स

सुझावित समाचार