कांग्रेस महामन्त्रीको थापाको गुनासो : विधानको सीमामा बसेर उम्मेदवार सिफारिस भएन

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

सत्तारुढ पार्टी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका तल्ला तहले विधानको सीमामा बसेर उम्मेदवार सिफारिस नगरेको बताएका छन्। बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसको विधि-विधानअनुसार तल्लो तहले त्यसअनुसार नामहरू सिफारिस नभएको प्रस्ट पारे। 

'हामीले नेपाली कांग्रेसको विधि-विधानअनुसार पार्टीको तल्लो तहलाई नामहरू सिफारिस गरेर पठाउनुस् भनेर पठायौँ, मलाई लाग्छ केही ठाउँबाहेक कहीँ पनि विधानको सीमामा बसेर उम्मेदवार सिफारिस भएका छैनन्,' थापाले भने, 'कहीँ बीसौँजनाको नाम सिफारिस भएको छ समानुपातिकमा, कहीँ दर्जनौँ भएको छ।' 
 

सुझावित समाचार