मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकारलाई १४ दिनको ‘अल्टिमेटम’ दिएका छन् । आफ्ना माग पूरा नभए १२ भदौबाट सत्याग्रह सुरु गर्ने बताएका केसीले सरकारलाई थप १४ दिनको समयसीमा दिएका हुन् ।
‘मागअनुसारका काम पूरा गर्न सरकारी पक्षले केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेका छौँ,’ उनले भर्खरै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबीच ती सबै कामहरू नभएमा यही भदाै २७ गतेदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउँछौँ ।’ आफ्नो धारणा सार्वजनिक गर्न केसीले केहीबेरअघि पत्रकार सम्मेलन गरेका थिए ।