पुसअप
पुसअप सम्पूर्ण शरीरका लागि गरिने एक्सरसाइज हो । यो एक्सरसाइजले हातखुट्टाको मांसपेशीदेखि लिएर शरीरलाई सुगठित बनाउन सहयोग गर्छ । तर, पुसअप एकैचोटि धेरै गर्नुहुँदैन । शरीरको सन्तुलन नमिल्दा कहिलेकाहीँ अन्य समस्या आउन सक्ने भएकाले सजग हुनुपर्छ । यसले छाती र पाखुराको मांसपेशी बलियो बनाउन सहयोग गर्छ । घरमै बसेर पुसअप एक्सरसाइज उपयुक्त माध्यम बन्न सक्छ ।
हाफ ब्रिज
शरीर सन्तुलनमा राख्न बेडमै पनि हाफ ब्रिज एक्सरसाइज गर्न सकिन्छ । हिप र पछाडिको भागको मांसपेशी बलियो बनाउन यो एक्सरसाइज उपयुक्त हुन्छ ।
स्किपिङ
स्किपिङले शारीरिक रूपमा तन्दुरुस्त राख्न सहयोग गर्छ । स्किपिङ डोरीको सहायताले उफ्रिँदै खेल्न सकिने खेल हो । खासगरी, बालबालिका र युवा घरमै बसेर पनि स्किपिङ खेल्न सकिन्छ ।
फिटनेस कोच देवेन श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित