पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय राजदूतबीच भेट

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। 

समाजवादीका अध्यक्ष भट्टराईलाई भेट्न राजदूत श्रीवास्तव टोखास्थित भट्टराईनिवास पुगेका थिए। सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै डा. भट्टराईले भेटबारे जानकारी गराएका हुन्। 

भट्टराईले भेटमा नेपाल र भारतबीचका आपसीहितका विषयमा विचार–विमर्श भएको जानकारी दिएका छन्। जनता समाजवादी छाडेर नेसपाको अध्यक्ष भएपछि भट्टराईसँग राजदूत श्रीवास्तवको पहिलो भेट हो। 

सुझावित समाचार