फोहोर बोकेका गाडी फेरि रोकिए

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

काठमाडौंको फोहोर व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका टिपरहरूलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिले अवरोध गरेका छन् । 

हिजो एक विज्ञप्ति जारी गरी धादिङको धुनीबेँसी नगरपालिका– १ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादीका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले बन्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणामा प्रतिबद्धता जनाएका थिए । आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताले पनि उनीहरूलाई साथ दिएका छन् । 

दुईपटकसम्म अवरोध हुँदा जम्मा ९५ टिपर फाेहोर मात्र विसर्जन हुन सकेको थियो । 
 

सुझावित समाचार