नेपाल क्रिकेट एसोसियसन (क्यान) ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ । क्यानले सोमबार प्रभाकरलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
क्यानले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको हो । क्यानले दिएको जानकारीअनुसार प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन् । उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् ।
‘भारतका पूर्वस्टार क्रिकेट, अलराउन्डर, रनजी ट्रफी विजेता प्रशिक्षक भारतीय मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ,’ क्यानले भनेको छ, ‘उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् । प्रशिक्षकका रूपमा समेत उनी अनुभवी छन् ।’
क्यानका अनुसार यसअघि उनी अफगानिस्तान क्रिकेट टिमका प्रशिक्षक थिए भने रणजी ट्रफीमा उनले दिल्ली, राजस्थान र उत्तर प्रदेशका क्रिकेट टिममा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । गत ४ साउनमा तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यान अर्को मुख्य प्रशिक्षकको खोजीमा थियो ।
नेपाली क्रिकेट टिमको कमान्ड भारतीय पूर्वअलराउन्डर प्रभाकरको हातमा
सुझावित समाचार
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत ओमानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्…
एनपिएलका सबै खेलमा डिआरएस लागू हुने, खेल समय पनि संशोधन
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि प्रयोग गरिने भएको छ। …
रोनाल्डोमाथि ३० दिनको निलम्बन र २५५ युरो जरिवाना
पोर्चुगिज फुटबल महासंघ (एफपिएफ)ले क्रिस्टियानो रोनाल्डोलाई आफ्नो देशको अन्तर्राष्ट्रिय क्याम्प छोडेकोमा ३० दिनको निलम्बन र २५५ युरो…
तेस्रो संस्करणको एनपिएलमा डिआरएस प्रयोग हुने
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ। नेपा…
आइसिसी लिग– २ : नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम शृंखलाको खेलमा नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेक…
ओमानविरुद्ध देव खनालको अर्धशतक
काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा ओपनर देव खनालले अर्धशतक पूरा गरेका छन्। अर्धशतक बना…