विभिन्न मुलुकका अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

आइतबार, २२ साउन, २०७९
डिजिटल संस्करण
विभिन्न मुलुकका अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

फाइल तस्बिर

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएका विभिन्न मुलुकका मुद्रासहित एक भारतीय नागिरकलाई पक्राउ गरेको छ ।  विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी टोलीले ४३ वर्षीय अंकुर घनश्याभाई पटेललाई पक्राउ गरेको हो ।  उनको साथबाट प्रहरीले तीन हजार ६ सय अमेरिकी डलर, दुई हजार एक सय ३० पाउन्ड स्ट्रलिङ, तीन हजार चार सय युरो, चार हजार चार सय ६५ दिराम र चार हजार ६ सय ५० केन्या सिलिङ बरामद गरेको प्रहरीले  जनाएको छ ।  

पक्राउ परेका पटेल विमानस्थल हुँदै दुबई जान लागेका थिए । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार