बढ्दै कुकुरआतंक : टेकुमा खोप लगाउनेको भिड (फोटोफिचर)

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

सरकारी तथ्यांकअनुसार नेपालमा रेबिजका कारण प्रत्येक वर्ष दुईदेखि तीन दर्जन व्यक्तिको ज्यान जाने गरेको छ। पछिल्लो समया रेबिजको लक्षण देखिएपछि अस्पताल पुग्ने दर बढे पनि लक्षण देखिनुअघि अस्पताल जाने दर भने उल्लेख्य रूपमा बढ्न सकेको छैन।

रेबिजविरुको खोप लगाउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुग्नेको संख्यासमेत बढेको छ। अस्पतालका ओपिडी इन्चार्ज शंकर पाण्डेका अनुसार दैनिक चार–पाँच सय व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन्। यसअघि मासिक सरदर आठ हजार व्यक्ति खोप लगाउन आउने गरेकोमा गत असार महिनामा याे संख्या १० हजार पुगेकाे छ।

भुस्याहा कुकुरको टोकाइका कारण मात्र नभई घरपालुवा जनावरको टोकाइबाट समेत उत्तिकै जोखिम रहेको उनले बताए। विशेषगरी घरबाहिर खेल्ने क्रममा भुस्याहा कुकुरले बालबालिकालाई टोक्ने गरेका छन्। भुस्याहा कुकुर  नियन्त्रण गर्न छुट्टै योजना बनाएर अगाडि नबढ्ने हो भने खोप लगाउन आउनेहरूको संख्या अझै बढ्नेमा उनले सचेत गराए।

तस्बिर :

याे पनि - रेबिज : रोकथाम गर्न सकिने प्राणघातक रोग

सुझावित समाचार