नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण
नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

तस्बिर : संजित परियार/नयाँ पत्रिका

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएपछि बुधबार बिहान ९ बजेबाट अवरुद्ध सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो । 

सोमबार राति ११ बजेदेखि बन्द भएको सडक मंगलबार राति ९:४० बजेतिर सञ्चालनमा आएको थियो । तर, भरतपुर महानगरपालिका- २९ नारायणगढ-मुग्लिन सडकखण्डको केराबारी (मौरीखोला पुलनजिकै) वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो खसेर गएरातिबाट नै  पुनः दुवैतर्फ सडक अवरुद्ध भएको  थियो ।

सडक खुलेसँगै लामबद्ध गाडी आफ्नो गन्तव्यतर्फ लागेका छन् । लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुले निकै दु:खकष्ट भोग्नुपरेको छ । 

सुझावित समाचार