हुम्लाकाे ताजाँकाेटमा प्रसव पीडाले छटपटाएकी गर्भवती महिलाकाे नेपाली सेनाकाे हेलिकाेप्टरबाट उद्धार गरिएकाे छ। सुत्केरी हुन नसकेकी ताजाँकाेट गाउँपालिका-४ की २४ वर्षकी दिलमाया शाहीलाई राष्ट्रपति उत्थान कार्यक्रमद्वार हेलिकाेप्टरबाट उद्धार गरिएकाे हाे।
दुई दिन सुत्केरी हुन नसकेकी शाहीलाई नेपाली सेनाकाे हेलिकाेप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएकाे ताजाँकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकुले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय हुम्लाकाे पहलमा नेपाली सेनाकाे हेलिकाेप्टरबाट उद्धार गरी सुर्खेतकाे प्रदेश अस्पताल पुर्याइएको स्वास्थ्य शाखा प्रमुख स्याङकुले बताए। सुर्खेतकाे प्रदेश अस्पतालमा शाही सुत्केरी भएकाे उनले बताए।
स्याङकुले भने, 'छाेरा जन्मेकाे छ, बच्चा र आमाकाे अवस्था सामान्य रहेकाे छ।'