बुढीगंगा नदीको कटानले बाजुरामा चार घर भत्कायो

बुधबार, ४ साउन, २०७९
डिजिटल संस्करण

बाजुराको बडिमालिका नगरपालिका– २ भौनेरामा बुढीगंगा नदीको कटानले चार घर भत्किएका छन् ।  मंगलबार राति अविरल वर्षासँगै बुढीगंगा नदीमा पानीको बहाब बढेपछि  चारवटा घर कटानमा परेका नेपाल पत्रकार महासंघ बाजुराका सहसचिव  गंगाराज पण्डितले जानकारी दिए ।

उनका अनुसार गंगराज पण्डित र अम्मराज पण्डितका घर पूर्ण रूपमा बगाएर लगेको र चन्दराज पण्डित र लक्षी पण्डितको घर आधा बगाएको छ । स्थानीयको सहयोगमा उनको घरमा रहेका गाई, गोरु र बाख्रा निकाले पनि अन्नपात निकाल्न नभ्याएको अम्मराज पण्डितले बताए ।
 

सुझावित समाचार