मौसम : कतै सफा, कतै वर्षा

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

हाल देशभर मनसुनी वायुको प्रभावले आंशिकदेखि सामान्यतया बदली भइरहेको छ । आज पनि देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ।  देशका  पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा  रहनेछ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

See More On

सुझावित समाचार