प्रेस युनियनको अध्यक्षमा ओझाको उम्मेदवारी घोषणा

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। ओझाले बानेश्वरमा एक कार्यक्रमका बीच उम्मेदवारी घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै ओझाले अध्यक्षमा दाबेदारमध्ये आफू नै सशक्त उम्मेदवार भएको दाबी गरे। 'युनियनको नेतृत्वमा  जति पनि उम्मेदवार देखिएका छन् ती सब‌ैको एजेन्डालाई एकमुष्ठ समाधान गर्न सक्ने उम्मेदवार म नै हुँ,' उनले भने। युनियनको नवाैँ महाधिवेशन साउन ६ र ७ गते हेटौँडामा सम्पन्न हुँदै छ।

घोषणासभामा काठमाडौं प्रेस युनियनका अध्यक्ष जगन्नाथ दुलाल, काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीसहित विभिन्न जिल्लाका अध्यक्ष, आसन्न निर्वाचनमा विभिन्न पदका आकांक्षी र प्रेस युनियन समर्थकहरुको उपस्थिति थियो।

सुझावित समाचार